Sunday, March 5, 2017

सबै माओबादी एक हौ भन्दै नविन खड्काको ‘म पनि माओबादी’गीत बजारमा

नेपाली गीत संगीतको क्षेत्रमा यतिबेला एउटा फरक खालको गीत बजारमा आयको छ । ‘म पनि माओबादी’ बोलको गीतमा स्वर रहेको छ नविन खड्का र टिका पुन को भने नविन कै शब्दमा तिलक ओलिले लय भरेका छन अक्सिजन मिडियाले बजारमा ल्यएको गीत लोक लयमा सबैलाई नचाउने खालको छ । नविन खड्का वाइसीएल नेपालका केन्द्रीय साँस्कृतिक बिभाग इन्चार्ज  पनि हुन ।



https://www.youtube.com/watch?time_continue=1&v=O69L2nyogao

युटुबमै पहिलो ट्रेडिङ्गमा ‘नाई मलाई थाहा छैन’ जता ततै चर्चा एकनारायण

यती बेला एउटा गीत निकै  चर्चामा छ जुन गीत अहिलेका चर्चित गीतकार एकनारायण भण्डारीको शब्द तथा चर्चित संगीतकार आशिष अविरलको संगीतमा तयार भयको गीतमा गायक सन्जिब पराजुली र टीका प्रसाईंको स्वर रहेको छ ।
‘नाई मलाई थाहा छैन’ बोल को गीतको भिडियोमा क्लब मिक्से मा द कार्टून्ज क्रियु र अलिशा राईको धमाकेदार नृत्य रहेको छ । युट्युबमा रिलिज भएको दोश्रो दिन देखिनै यो म्युजिक भिडियो नेपालको युट्युब ट्रेन्डमा पहिलो नम्बरमा परेको छ । गायक गयिकाद्वयको ‘सँग सँगै’ एल्बममा समावेस यो गीत दुइ दिन भित्रै युट्युबमा सर्वाधिक हेरिएको भिडियो बन्न सफल भएको छ ।
https://www.youtube.com/watch?v=e5kYmiJeioQ